Logo

२०८३ कार्तिक ५ गते बिहिवार

२०८३ कार्तिक ५ गते बिहिवार

कांग्रेसको मतदानले खुलामञ्च र प्रदर्शनीमार्ग आसपासमा बढ्यो सवारी जाम

कांग्रेसको मतदानले खुलामञ्च र प्रदर्शनीमार्ग आसपासमा बढ्यो सवारी जाम


  • 778
    Shares

    कांग्रेसको मतदानले खुलामञ्च र प्रदर्शनीमार्ग आसपासमा बढ्यो सवारी जाम
    images

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान भइरहँदा आसपासका सडकमा सवारी जाम बढेको छ।

    कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चुन्न आज बिहान पौने ९ बजेदेखि मतदान भइरहेको छ। 

    जसअनुसार खुलामञ्चमा कोसी प्रदेश र तराई(मधेसका प्रतिनिधिका लागि मतदान केन्द्र व्यवस्था गरिएको छ भने खुलामञ्चको हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्। यस्तै खुलामञ्चमा तराई-मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था मिलाइएको छ। 

    यसैगरी खुलामञ्चमै बनाइएको पहाड हलमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाहरूका प्रतिनिधिहरूका लागि मतदान केन्द्र स्थापना गरिएको छ। अनि राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा बाँकी समूह तथा केन्द्रीय प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - ११:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij