Logo

२०८३ कार्तिक ५ गते बिहिवार

२०८३ कार्तिक ५ गते बिहिवार

प्रधान सेनापति बेलायततर्फ प्रस्थान

प्रधान सेनापति बेलायततर्फ प्रस्थान


  • 1.1K
    Shares

    प्रधान सेनापति बेलायततर्फ प्रस्थान
    images

    काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्।

    प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण २५ गतेसम्म हुने नेपाली सेनाले जनाएको हो। 

    उक्त भ्रमणले लामो समयदेखि रहँदै आएको नेपाल र बेलायतबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

    प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।

    प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।  

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - ११:५६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij