Logo

२०८३ कार्तिक ५ गते बिहिवार

२०८३ कार्तिक ५ गते बिहिवार

स्थानीय चुनाव लक्षित रास्वपा अभियान, असोज २० देखि पालिका पुग्दै

स्थानीय चुनाव लक्षित रास्वपा अभियान, असोज २० देखि पालिका पुग्दै


  • 1.2K
    Shares

    स्थानीय चुनाव लक्षित रास्वपा अभियान, असोज २० देखि पालिका पुग्दै
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज २० गतेदेखि देशभर पालिका केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि पार्टीका सांसद र केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिका पुग्ने भएका छन्।

    रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया नागरिकलाई जानकारी गराउनु र पार्टीका गतिविधिबारे जनतालाई बुझाउनु हो।

    अभियानमार्फत स्थानीय तहमा सक्षम नेतृत्व छनोटको विधि, आगामी निर्वाचनका तयारी तथा उम्मेदवार छनोटका लागि पार्टीले अघि सारेको ‘क्यान्डिडेट क्लब लिडरसिप एकेडेमी’ र लोकतान्त्रिक प्रक्रियाबारे जानकारी गराइनेछ।

    त्यस्तै, वर्तमान सरकार गठनपछि संसद् र सरकारमार्फत भएका नीतिगत पहल, कार्यान्वयनको अवस्था तथा आगामी योजनाबारे पनि नागरिकलाई जानकारी गराउने रास्वपाले जनाएको छ।  

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १२:५५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij