Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

चोलेन्द्रलाई पक्राउ गरेर भोलिपल्टै रिहा गरेको भन्दै सांसद राईको आपत्ति

चोलेन्द्रलाई पक्राउ गरेर भोलिपल्टै रिहा गरेको भन्दै सांसद राईको आपत्ति


  • 988
    Shares

    चोलेन्द्रलाई पक्राउ गरेर भोलिपल्टै रिहा गरेको भन्दै सांसद राईको आपत्ति
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कडा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिएका छन् ।

    संसद् बैठकमा बोल्दै सांसद राईले प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताएका छन् । 

    ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने ? यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो ? सरकारले यस्ता गम्भीर विषयमा नौटङ्की गर्न छोड्नुपर्छ’ उनले भने ।

    सांसद राईले राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा जोड दिएका छन् । 

     

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:४३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij