Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

१० दिन सुरुङभित्र संघर्ष गरेका कबीर महर्जन स्वस्थ भएर घर फर्किए

१० दिन सुरुङभित्र संघर्ष गरेका कबीर महर्जन स्वस्थ भएर घर फर्किए


  • 2.4K
    Shares

    १० दिन सुरुङभित्र संघर्ष गरेका कबीर महर्जन स्वस्थ भएर घर फर्किए
    images

    काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उनको निवासमा भव्य स्वागत गरिएको छ । 

    गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो । १० दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चयबिच सङ्घर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य साहसका साथ जीवितै बाहिर निकालेको थियो । 

    उद्धारपश्चात् उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले नजिकबाट निगरानी गरेका थिए । लामो समयको मानसिक तथा शारीरिक तनावपछि महर्जनको स्वास्थ्यमा क्रमशः सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १७:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij