Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

लगातार वर्षापछि नेसनल मेडिकल कलेजले फिर्ता लियो १२ घण्टे अल्टिमेटम

लगातार वर्षापछि नेसनल मेडिकल कलेजले फिर्ता लियो १२ घण्टे अल्टिमेटम


  • 1.3K
    Shares

    लगातार वर्षापछि नेसनल मेडिकल कलेजले फिर्ता लियो १२ घण्टे अल्टिमेटम
    images

    काठमाडौं । पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कलेज छाड्न दिएको १२ घण्टे अल्टिमेटम फिर्ता लिएको छ ।

    अस्पतालले बिहीबार सूचना जारी गर्दै स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकलाई छात्रावासका कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको थियो ।

    आन्दोलनरत चिकित्सकलाई आवासीय सुविधा खाली गर्न दिएको उक्त निर्देशनपछि अस्पतालले अल्टिमेटम फिर्ता लिएको हो । अस्पतालले यसअघि जारी गरेको सूचना कार्यान्वयन नगर्ने जनाएको छ ।

    आवासीय चिकित्सकहरू आफ्ना विभिन्न माग राख्दै आन्दोलनमा छन् । अल्टिमेटम फिर्ता लिएपछि उनीहरूको आन्दोलन र कलेज प्रशासनबीचको विवाद थप छलफलतर्फ जाने देखिएको छ । 

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - ११:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij