Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


  • 1.1K
    Shares

    डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
    images

    काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । संसद्लाई प्रविधिमैत्री बनाउने र सांसदहरूले उठाएका जनसरोकारका विषयको सुनुवाइलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् । 

    सिंहदरबारस्थित कार्यव्यवस्था हलमा दिउँसो १२ बजे बस्ने बैठकमा मुख्य गरी डिजिटल संसद्को अवधारणाबारे छलफल हुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    संसद्को शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाउने जनसरोकारका विषयलाई अब डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग जोड्ने तयारी गरिएको छ । यस्तो प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्‍यो, कार्यप्रगति कस्तो छ र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सहज अपेक्षा रहेको सचिवालयले जनाएको छ । 

    आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् बैठकका लागि परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ ।

    आजको बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १०:१९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij