Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

नागढुंगा सुरुङमार्गमा टोल तिर्नै सास्ती, एन–ट्याग नचल्दा लामो लाइन

नागढुंगा सुरुङमार्गमा टोल तिर्नै सास्ती, एन–ट्याग नचल्दा लामो लाइन


  • 393
    Shares

    नागढुंगा सुरुङमार्गमा टोल तिर्नै सास्ती, एन–ट्याग नचल्दा लामो लाइन
    images

    काठमाडौं । काठमाडौं भित्रन र बाहिरिन सहज हुने उद्घोषका साथ उद्घाटन गरिएको नागढुंगा सुरुङमार्गले यात्रु र सवारी चालकलाई अर्को झन्झट थपेकाे छ ।छिटो र सहज यात्राको उद्देश्यले निर्माण गरिएको नागढुंगा सुरुङमार्गमा टोल शुल्क तिर्न घण्टौँ लाइन बस्नुपर्ने समस्या देखिएको छ।

    सुरुङमार्गमा यही सातादेखि टोल शुल्क संकलन सुरु भए पनि स्वचालित भुक्तानी प्रणाली ‘एन–ट्याग’ सञ्चालनमा आउन नसक्दा यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको हो।

    सडक बोर्ड नेपालको सर्भरमा प्राविधिक समस्या आएपछि एन–ट्याग वितरण रोकिएको छ। सुरुङमार्गमा एन–ट्याग सञ्चालनका लागि आठवटा बैंकलाई जिम्मेवारी दिइएको थियो।

    हाल नगद र क्यूआर कोडमार्फत मात्रै शुल्क संकलन भइरहेको छ। दैनिक करिब ७ हजार ५०० सवारीसाधन आवतजावत गर्ने सुरुङमार्गमा विशेषगरी व्यस्त समयमा लामो जाम हुने गरेको छ।

    स्वचालित भुक्तानी प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म टोल शुल्क तिर्न यात्रुले लाइन बस्नुपर्ने बाध्यता कायम रहने देखिएको छ।   

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १०:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij