Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

युवतीको अश्लील भिडियो बनाएको आरोपमा ३७ वर्षीय युवक पक्राउ

युवतीको अश्लील भिडियो बनाएको आरोपमा ३७ वर्षीय युवक पक्राउ


  • 379
    Shares

    युवतीको अश्लील भिडियो बनाएको आरोपमा ३७ वर्षीय युवक पक्राउ
    images

    काठमाडौं । युवतीको अश्लील भिडियो बनाएर विभिन्न व्यक्तिलाई देखाउनुका साथै सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडौंमा पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका–३ का ३७ वर्षीय खगेन्द्रप्रसाद न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवका अनुसार उनलाई काठमाडौंको टोखा नगरपालिका–३ स्थित धनेश्वरबाट पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार न्यौपानेले एक युवतीको अश्लील भिडियो बनाएर विभिन्न व्यक्तिलाई देखाउने तथा सामाजिक सञ्जालमा प्रसार गर्ने गरेको आरोप छ। पीडित युवतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरी निरीक्षक यादवले न्यौपानेलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा पक्राउ गरिएको जानकारी दिए। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय कालिकोट लगिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    उक्त भिडियो विभिन्न डिजिटल उपकरण तथा सामाजिक सञ्जालमा समेत फैलिएको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीले पीडितको गोपनीयता, मर्यादा र सम्मानको संरक्षणका लागि भिडियो वा त्यससँग सम्बन्धित कुनै पनि सामग्री शेयर, डाउनलोड तथा प्रचारप्रसार नगर्न आग्रह गरेको छ।

    त्यस्ता सामग्री प्रसार गर्ने व्यक्ति तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - ०९:५४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij