२०८३ कार्तिक १७ गते मंगलवार
सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा डायनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर आज बिहान आपसमा ठोकिएर दुर्घटना भएको छ।
सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज बुढाथोकीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ फेरिचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टरका पंखा ठोकिएर दुर्घटना भएको हो।
दुर्घटनामा परेर एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार जारी रहेको प्रहरीले जनाएको छ। घटनाको पूर्ण विवरण आउन भने बाँकी छ।
हेलिकप्टर चालक दुवै जना सकुशल रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij