Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटको पेसी पहिलो नम्बरमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटको पेसी पहिलो नम्बरमा


  • 428
    Shares

    दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटको पेसी पहिलो नम्बरमा
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई रिहा गरियोस् भनी सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन आज पहिलो नम्बरमा पेसी चढेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र शान्तिसिंह थापाको बेञ्चको ‘क’ मा पेसी चढेको हो । भट्टका हकमा उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते उक्त निवेदन दर्ता गरेका थिए । त्यसको भोलिपल्ट न्यायाधीश मेघराज मेघराज पोखरेलको बेञ्चले कारण देखाऊ आदेश जारी गरेको थियो । उक्त आदेशमा बन्दीप्रत्यक्षीकरणको रिट किन जारी हुनु पर्ने हो ? वा, रिट जारी हुनु नपर्ने आधार र कारण के हो ? सो समेत स्पष्ट गरी यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ३ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो।

    धितोपत्र कारोबार प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए । प्रहरी हिरासतमा राखिएकै अवस्थामा उनको हकमा श्रीमती आयुष्मा नेपालले वैशाख १८ गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । सोही दिन सुनुवाइका निम्ति पेसी चढ्यो, तर ‘हेर्न नमिल्ने’ कारण कुनै आदेश भएन । तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी चढेको थियो ।

    त्यसपछि वैशाख २१ का लागि पेसी चढ्यो । त्यसमा पनि ‘हेर्न नमिल्ने’ भन्दै कुनै आदेश भएन । त्यसपछि बुबाको नाममा बन्दीप्रत्याक्षीकरण रिट दायर गरिएको हो ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - ११:५६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij