२०८३ कार्तिक १३ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
१ वर्षदेखि ३ वर्षका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीहरूको विवरण

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij