Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

कांग्रेसको प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा

कांग्रेसको प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा


  • 379
    Shares

    कांग्रेसको प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा
    images

    काठमाडौं । नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ ।  नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तसम्म गरिसक्ने तर, मिति केन्द्रीय कार्यसमितिको बैठकबाट टुङ्गो लगाउने जानकारी दिए ।

    ‘बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा गरिसक्छौँ । मिति भने टुङ्गो लागेको छैन,’ महामन्त्री राणाले रातोपाटीसँग भने,’ भोलि (बिहीबार) नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ छ । शपथपछि केन्द्रीय कार्यसमितिको बैठक बसेर मिति तय गछौँ । त्यो छठ पछि लगत्तै पनि हुन सक्छ । मङ्सिरको अन्तिममा पनि हुन सक्छ । केन्द्रीय समितिको बैठकबाट निर्णय हुन्छ ।’

    गत असोज १८ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गरेको कांग्रेसले त्यो बेला जिल्ला र प्रदेश अधिवेशन बाँकी राखेर मातहतका अरू अधिवेशन मात्रै गरेको थियो । वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो । 

    केन्द्रको महाधिवेशनका लागि आवश्यक पर्ने अधिवेशन गरेर नपर्ने अधिवेशनलाई समयको चापका कारण कांग्रेसले महाधिवेशन पछिका लागि राखेको थियो । 

    एउटा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ भने बाँकी ४२ जिल्लामा अधिवेशन गर्न बाँकी छ । निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिने भएकाले एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन गरिएको हो । 

    केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले नवनिर्वाचित केन्द्रीय समितिले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गर्ने जानकारी दिए । तर अधिवेशनको समय मङ्सिरभन्दा पर नजाने उनको भनाइ थियो ।

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - ११:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij