Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र


  • 932
    Shares

    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र
    images

    काठमाडौंं ।  विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । 

    बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको अडियो सार्वजनिक भएको थियो । यस विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीले तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिए लगत्तै आयोगले २४ स्पष्टीकरण सोधिएको एक सदस्यले जानकारी दिए । 

    ‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ । उहाँको प्रष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ’, आयोगका एक सदस्यले भने । 

    पार्टी महामन्त्री विपिन कुमार आर्चायले यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको मंगलबार विज्ञप्ति मार्फत जानकारी गराएका थिए । 

    सुनारमाथि सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि पार्टीले रोक लगाएको छ ।  रास्वपाका केन्द्रीय सदस्य पनि रहेका सुनार अडियो प्रकरणपछि कारबाहीका लागि चौतर्फी दबाब बढेको छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - १२:२५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij