Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति

बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति


  • 1.4K
    Shares

    बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति
    images

    काठमाडौं । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइए पनि नदीबाट बाहिर निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिए ।

    केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर सञ्चालन गरिएको थियो । अध्यक्ष ढुङ्गेलका अनुसार गत असारदेखि गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिकै नदी किनारमा सञ्चालन गरिरहेको थियो ।

    सञ्चालक ढुङ्गेलका अनुसार क्रुज सञ्चालनका लागि ३० जना साझेदारले रु १५ करोड लगानी गरेका थिए । त्यसमध्ये क्रुजको मात्र लागत रु १० करोड रहेको छ । उनले भने, “बाढीले बगाएपछि अब यसै क्रुज सञ्चालन गर्न सक्ने अवस्था छैन । त्यसमा रु १० करोडभन्दा बढी नोक्सान भएको छ ।”

    उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यक पर्ने सञ्चालकको भनाइ छ । कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो ।

    करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सक्ने व्यवस्था थियो ।

    क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज तथा विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले परियोजनाका रूपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १६:३९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij