Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

जबरासँग भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो बयान

जबरासँग भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो बयान


  • 1.7K
    Shares

    जबरासँग भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग  मानव अधिकार आयोगले लियो बयान
    images

    काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले रोकेको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग आयोगले बयान लिएको छ ।

    मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा उपस्थित भएका एसएसपी खड्काले घटनासम्बन्धी लिखित बयान दिएका हुन् । आयोगका सहप्रवक्ता तथा उपसचिव श्यामबाबु काफ्लेले खड्कासँग लिखित बयान लिइएको जानकारी दिए ।

    आइतबार प्रहरीले जबरालाई पक्राउ गरी टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको थियो । जबराको अवस्थाबारे जानकारी लिन आयोगको टोली कार्यालय पुगे पनि प्रहरीले भेटघाट गर्न नदिई गेटबाटै फर्काएको थियो ।

    आयोगले घटनालाई गम्भीर रूपमा लिँदै त्यसबारे अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई बयानका लागि बोलाइएको हो । आयोगको अनुसन्धान महाशाखाले घटनासँग सम्बन्धित थप विषयमा समेत आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १५:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij