Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबिच सम्झौता

मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबिच सम्झौता


  • 1.5K
    Shares

    मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबिच सम्झौता
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।

    उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट अन्तर्गतका काठमाडौंमा स्थित माया मनोर बुटिक होटल , पोखरामा स्थित वाटरफ्रन्ट रिसोर्ट र  हिर्मालयन फ्रन्ट रिसोटमा विभिन्न सेवाहरुमा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइनेछ।

    उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ। साथै मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटो लोन सञ्चालनमा ल्याएको छ।

     

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १७:५६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij