Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

प्रतिनिधि सभा बैठक बिहीबारसम्म स्थगित

प्रतिनिधि सभा बैठक बिहीबारसम्म स्थगित


  • 1.1K
    Shares

    प्रतिनिधि सभा बैठक बिहीबारसम्म स्थगित
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकिएपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

    प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेका ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ प्रस्ताव बैठकले स्वीकृत गरेको छ।

    त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन्, जसलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ।

     

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १६:२९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij