Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

फिफाबाट एन्फाको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको छः मन्त्री पोखरेल

फिफाबाट एन्फाको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको छः मन्त्री पोखरेल


  • 1.5K
    Shares

    फिफाबाट एन्फाको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको छः मन्त्री पोखरेल
    images

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । 

    उनले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषद्ले निर्देशन दिएको उल्लेख गरेका छन्। परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको र कार्यसमितिको चैत १२ गतेको निर्णयअनुसार एन्फालाई निलम्बन गरिएको मन्त्री पोखरेलकको भनाइ छ । उनले परिषद्को सोही निर्देशनलाई तेस्रो पक्षले हस्तक्षेप गरेको भनी फिफाको निलम्बनमा परेको बतएका छ्न् ।

    उनले निलम्बनपछि नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन नभएको पनि सभालाई जानकारी गराएका छन् । उनले मुलुकको सामुदायिक शिक्षामा सुधार गर्न समेत सरकार लागि परेको बताएका छन् । उनले विद्यालय शिक्षामा रहेका समस्या समाधानको लागि सरोकारवालाहरुको सुझाव समेत समेटेर शिक्षा ऐन जारी गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १७:२८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij