Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

ओरा ५ र ट्यांक ३००लाई अन्तर्राष्ट्रिय सम्मान

ओरा ५ र ट्यांक ३००लाई अन्तर्राष्ट्रिय सम्मान


  • 1.6K
    Shares

    ओरा ५ र ट्यांक ३००लाई अन्तर्राष्ट्रिय सम्मान
    images

    काठमाडौं । जी डब्ल्यू एम  (GWM) का ओरा ५ र ट्यांक ३०० मोडलले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्समा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।

    टाडा २०२६ अन्तर्गत पारिवारिक कार विधामा ओरा ५ ले ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको छ भने प्रिमियम कार विधामा ट्यांक ३०० ले ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार ओरा ५ को इन्टेरियरमा आराम, प्रविधि र दैनिक प्रयोगलाई प्राथमिकता दिइएको छ । आधुनिक डिजाइन, प्रविधिमैत्री ककपिट, कनेक्टिभिटी तथा यात्राको आरामलाई यसको केबिनमा समेटिएको छ ।

    साथै, ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषतासँगै अफ–रोड प्रविधि र इन्जिनियरिङलाई समेटिएको कम्पनीले जनाएको छ । जी डब्ल्यू एमको ट्यांक ब्रान्डअन्तर्गत विकसित यो मोडलले उन्नत अफ–रोड प्रविधि र प्रिमियम एसयूभीको संयोजन प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।

    यी दुई अवार्डले जी डब्ल्यू एमका विद्युतीय सवारी र प्रिमियम एसयूभीमा डिजाइन तथा प्रविधिको फरक पक्षलाई प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ । ओरा ५ विद्युतीय सवारीको डिजाइनमा केन्द्रित छ भने ट्यांक ३०० अफ–रोड क्षमता र प्रविधिमा केन्द्रित मोडल हो । नेपालमा जी डब्ल्यू एमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि हो । 

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - ११:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij