Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

एलपी ग्यास उद्योग संघले भन्यो– ‘मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार’

एलपी ग्यास उद्योग संघले भन्यो– ‘मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार’


  • 1.2K
    Shares

    एलपी ग्यास उद्योग संघले भन्यो– ‘मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार’
    images

    काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योगीप्रति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

    संघले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिको समयमा समेत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन उद्योगीहरूले आफ्नो सम्पूर्ण स्रोत–साधन परिचालन गरिरहेको जनाएको छ। तर, संसदीय समितिको बैठकमा मन्त्रीबाट उद्योगीहरूप्रति गैरजिम्मेवार तथा अमर्यादित अभिव्यक्ति आएको संघको आरोप छ।

    संघका अनुसार आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यासको व्यवस्था १५ दिनका लागि भनिए पनि करिब चार महिनासम्म निरन्तर त्यसैअनुसार बिक्री वितरण गरिएको थियो। त्यसपछि नेपाल आयल निगमले पुनः पूरा सिलिन्डर भर्न अनुमति दिए पनि माग अचानक बढ्नु तथा पृथ्वी राजमार्गको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुँदा समस्या देखिएको संघले जनाएको छ।

    विपद्को समयमा कुनै उद्योगले कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने भन्दै संघले प्रमाणबिना सम्पूर्ण ग्यास उद्योगीलाई दोषी देखाउने र भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति आपत्तिजनक भएको जनाएको छ।

    संघले कठिन परिस्थितिमा पनि ग्यासको सहज आपूर्तिका लागि सरकार, सम्बन्धित निकाय र उपभोक्तासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ। 

    img-20260910-wa0005_jPvMNtZ1i1.webp

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १२:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij