२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १५.४४ अंकले बढेर २,५३८ को विन्दुमा कायम भएको छ ।
आज १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५४ कम्पनीको ७२ लाख ५८ हजार १८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ ।
सबै समूहत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.७३, विकास बैंक ०.५९, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.१८, जलविद्युत् ०.९५, लगानी ०.४१, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.४८, माइक्रोफाइनान्स ०.४३, अन्य ०.८० तथा व्यापार ०.७२ प्रतिशत बढे । निर्जीवन बीमा समूह ०.०७ प्रतिशत घटेको छ ।
उपकार लघुवित्तको मूल्य ११.८७, माथिल्लो मैलुङखोलाको १०.२३, आत्मनिर्भर लघुवित्तको १०.१०, सेन्ट्रल फाइनान्सको ९.११, रसुवागढी हाइड्रोपावरको ५.९९, मायाखोला हाइड्रोपावरको ५.९३ प्रतिशत मूल्य बढेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ३.६५, मानुसी लघुवित्तको ३.२८, एसियन हाइड्रोपावरको मुल्य २.६८ प्रतिशत घटेको छ ।
आज सबैभन्दा धेरै सानिमा मिडिल तमोरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij