Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

बाढी प्रभावितका लागि नेपाल टेलिकमको निःशुल्क सेवा अर्को व्यवस्था नभएसम्म जारी

बाढी प्रभावितका लागि नेपाल टेलिकमको निःशुल्क सेवा अर्को व्यवस्था नभएसम्म जारी


  • 1.3K
    Shares

    बाढी प्रभावितका लागि नेपाल टेलिकमको निःशुल्क सेवा अर्को व्यवस्था नभएसम्म जारी
    images
    काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ । 
     
    यो भन्दा पहिले भाद्र १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय व्यवस्था गरिएको हो । 
     
    बाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा आवश्यकता अनुसार उपभोग गर्नुहुन अनुरोध छ । 
     
    बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको छ । 
     
    यस अनुसार अधिकांश संरचना सुचारु भएका छन् भने बाँकी संरचना समेत सुचारु गर्ने कार्यमा कम्पनीका प्राविधिकहरु निरन्तर रुपमा खटिरहेका छन् । 
     
    विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोगमार्फत सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । 
     
                                                                                                       

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ११:२४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij