Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

बाढीपीडितको उद्धार र राहतका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने

बाढीपीडितको उद्धार र राहतका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने


  • 1.9K
    Shares

    बाढीपीडितको उद्धार र राहतका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने
    images

    काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले दुःख व्यक्त गरेको छ।

    नाडाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै उभिने प्रतिबद्धता व्यक्त गर्दै नाडाले उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्न नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकजुट हुन आह्वान गरेको छ।

    नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

    नाडाले विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ।

    यसैबीच, बाढीका कारण मुलुकमा विपद्को अवस्था सिर्जना भए पनि आर्थिक गतिविधिलाई चलायमान राख्न भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ।

    विपद्को सामना गर्दै आर्थिक गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न नाडाले अपिल गरेको छ। 

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १२:४८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij