Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि बित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि बित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न


  • 1.2K
    Shares

    काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि बित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
    images

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा, अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र वजारका सम्यन्त्रहरु, लगानी गर्ने तरीका, फाइदाहरु, चुनौतीहरु लगायत सुरक्षित डिजिटल वित्तिय कारोवारका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइयो । वक्ताहरुले सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य हुने उल्लेख गर्दै महिनाको सानो वचतबाट नै सुरक्षित लगानी शुरु गर्न सकिने  बताए ।

    वचतका साथै लगानी गर्ने बानी बसालौं र समृद्ध भविश्य निर्माण गरौं भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको यस कार्यक्रमले हरेक सहभागिहरुमा लगानी गर्ने बानी प्रति सकारात्मक सोचको विकास गर्न प्रेरित गरिएको थियो ।
     
    समारोहमा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतज्युहरु, आयोजक संस्थाका पदाधिकारी तथा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो ।

     

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - ११:५८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij