Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)

माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)


  • 1.2K
    Shares

    माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
    images

    काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा बुधवार पनि  सामुहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलवारदेखि शुरु भएको उक्त अनशन बुधवार दोस्रो दिन पनि जारी रहेको छ ।

    आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने, तथा गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण प्रदान गर्नुपर्ने उल्लेख छ ।

    त्यसैगरी, नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग समेत पीडितहरूले राखेका छन् । आन्दोलनरत पक्षले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रश्तुत गरेको छ । माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।

    1785302844-0vaBz.jpg

    1785302847-RO0pk.jpg

    1785302843-AyM7g.jpg

    1785302843-CH7vr.jpg

    1785302841-tPEhf.jpg

    1785302850-8HJ1J.jpg

    1785302851-1xlBx (1).jpg

    1785302848-lKkDG.jpg1785302849-tUopK.jpg1785302851-1xlBx (1).jpg

    1785302845-XdnC5.jpg

    1785302845-SLAQh.jpg

    1785302841-YLKY5.jpg

     

    1785302847-QjnLR.jpg

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १२:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij