Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपाल पे कार्ड इस्युइङ तथा एक्वायरिङ सेवा

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपाल पे कार्ड इस्युइङ तथा एक्वायरिङ सेवा


  • 1.8K
    Shares

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपाल पे कार्ड इस्युइङ तथा एक्वायरिङ सेवा
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र एक्युरिङको थालनी गरेको छ ।  बैंकले आफ्नो डिजिटल बैंकिङ्गको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो । 

    अब बैंकले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देश भरी रहेका एटिएमहरुबाट नेपालपे कार्डका साथै डिसकभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ । कामना सेवा विकास बैंकले अन्य कार्ड स्कीमहरुका साथै नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको नेशनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ ।

    एनसीएचएलले हालै नेपाल पे कार्ड को व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।


    साथै, रुपैयाँ कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । हालसम्म नेपालपेमा ३६ भन्दा बढि बैंक वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् ।  नेपालका अग्रणी विकास बैंकहरु मध्येको कामना सेवा विकास बैंकले देशभरका करिव ८ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका १२२ शाखाहरु, १ एक्स्टेन्सन काउन्टर र ६६ एटिएमहरु रहेका छन् । 

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १२:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij