Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

जेनजी आन्दोलनपछि रोकिएको पारिश्रमिक नियमित गर्ने कोशी प्रदेश सरकारको निर्णय

जेनजी आन्दोलनपछि रोकिएको पारिश्रमिक नियमित गर्ने कोशी प्रदेश सरकारको निर्णय


  • 2.2K
    Shares

    जेनजी आन्दोलनपछि रोकिएको पारिश्रमिक नियमित गर्ने कोशी प्रदेश सरकारको निर्णय
    images

    काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।

    कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो।जेनजी आन्दोलनपछि कोशी प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो। त्यस्तै आजको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका २ सुनसरीका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। 

    त्यसैगरी आजकै बैठकले प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ। प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १५:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij