२०८३ कार्तिक ४ गते बुधवार
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो ।
आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ ।
मन्त्रिपरिषद् बाट बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२\८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij