२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज च्याउसहित केही तरकारीको मूल्य घटेको छ। तर, ब्रोकाउली, बोडी, गाँजर र भेन्टासहित केही तरकारीको भाउ भने बढेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६९, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४४, रातो आलु ४३, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७१, बन्दा २८, स्थानीय काउली ६९, हाइब्रिड सेतो मुला १८, लाम्चो भन्टा १६, डल्ले भन्टा ३४, तने बोडी ४१, मकै बोडी ५३ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ३१, लोकल परबल ३५, घिरौँला ५१, झिँगुनी ४९, हरियो फर्सी लाम्चो ३२, डल्ले फर्सी ३०, पाकेको फर्सी ४०, भिन्डी ३९, कन्य च्याउ १७०, डल्ले च्याउ ३२४, ब्रोकाउली ७०, न्युरो ३५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६४, सानो लोकल गोलभेँडा ३०, टनेलको गोलभेँडा ४३, रातो आलु ४३, सुकेको भारतीय प्याज ४९, लोकल गाँजर ६६, बन्दा ३०, स्थानीय काउली ७५, हाइब्रिड सेतो मुला १८, लाम्चो भन्टा १३, डल्ले भन्टा ३५, तने बोडी ३४, मकै बोडी ४४ रुपैयाँ प्रतिकिलो छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij