२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौं । विनाशकारी बाढीमा परेर बेपत्ता हुने पर्यटक तथा नागरिकको सङ्ख्या ६४४ पुगेको छ।
नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार बाढीमा नेपालसहित विभिन्न देशका नागरिकहरू बेपत्ता भएका छन्।
बोर्डका अनुसार बेपत्ता हुनेमा सबैभन्दा बढी भारतीय नागरिक १७८ जना रहेका छन्। यस्तै, नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ जना बेपत्ता भएका छन्।
बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij